मिती २०७८ साल फाल्गुन महिनाको २३ गतेका दिन काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी गराउनु भयो। जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरूको सहभागितामा र आदर्श माध्यमिक विद्यालय, गजुरीमा अध्यनरत विद्यार्थीहरको सहभागितामा यस कार्यक्रम सम्पन्न भएको थियो।
Xavier International is group of education professionals dedicated for quality education and produce world class human assets for Nepal.